बूढानिलकण्ठमा कांग्रेसबाट मेयर उमेद्वार कपनले पाउला !?

राष्ट्रपाटी न्युज

१७ चैत्र २०७८

काठमाडौ। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको माहोल तात्दै गएको छ । देशव्यापी रूपमा विभिन्न राजनीतिक दलहरूले आ-आफ्नो आक्रामक तयारी शुरु गरिसकेका छन्। पार्टी कमिटी गठन, प्रशिक्षण, पार्टी प्रवेश,छलफल लगायतका नाममा विभिन्न भेला, आमसभा लगायतका गतिविधि संचालित भइरहेका छन् । यति मात्र नभएर आगामी निर्वाचनमा मेयर,उपमेयर, वडाध्यक्ष तथा वडा सदस्य बन्न नयाँ तथा पुराना उम्मेदवारहरु समेत अगाडी आउने क्रम जारी नै छ।

यसैबीच बूढानीलकण्ठ नगरपालिकामा समेत निर्वाचन नजिकिए सङै चुनावी माहोल तात्दै गएको छ। यस नगरपालिकामा मेयर,उपमेयर,वडाध्यक्ष तथा वडासदस्य बन्नसक्ने व्याक्तिहरुको बारेमा विविध चर्चा परिचर्चा हुन थालेको छ। विगत निर्वाचनमा प्रमुख, उपप्रमुख सहित १३ मध्य ११ वटा वडामा विजय हासिल गरेको नेकपा एमालेमा यसपाली बिदुर बिक्रम खड्का , मिठाराम अधिकारी, नबराज भट्टराई लगायतले मेयरमा दावी गरेपनि बर्तमान मेयर उद्दव खरेलले नै टिकट पाउने सम्भावना एकदमै धेरै छ। अब खरेलसंग चुनाव लड्न सक्ने शसक्त उम्मेदवारको खोजीमा काङ्ग्रेस छ।

अहिले काङ्ग्रेसबाट नगर प्रमुखको उम्मेदवार बन्न केहि व्याक्तीहरुको दावी बाहिर आएको छ। गोकर्ण के सी, इन्द्र बहादुर थापा, बिनोद चालिसे , राजाराम बूढाथोकी तथा बद्री भट्टराई समेत यो रेसमा अगाडि रहेको चर्चा चल्न थालेको छ।नेपाली काङ्ग्रेसका एकजना जिल्ला स्तरीय नेताका अनुसार गोकर्ण केसी क्षेत्र नम्बर ५ को भएको र क्षेत्र नम्बर ४ मा उनको प्रभाव कम रहेको छ। त्यसै गरि इन्द्र बहादुर थापाले पहिले भएका निर्वाचनको अनुभवका आधारमा काङ्ग्रेसका केहि कार्यक्रता समेत उनिसङग असन्तुष्ट रहेको सार्वजनिक रूपमा नै आइसकेकोले टिकट नपाउन सक्ने सम्भावना छ। अब जनसंख्याको ठुलो आधार क्षेत्र कपनमा नगर प्रमुखको उम्मेदवार बन्न सक्ने सम्भावना एकदमै धेरै छ। त्यस मध्य गगन थापाको निकट भनेर चिनिने बिनोद चालिसेको सम्भावना उच्च छ।राजनीतिमा लागेर आफ्नो स्थायी जागीर शिक्षण पेशा समेत छोडेका उनी काङ्ग्रेसबाट नगर प्रमुखको उम्मेदवार बन्न सक्ने प्रबल सम्भावना रहेको छ। त्यस्तै नेपाली काङ्ग्रेस बूढानीलकण्ठ नगर कमिटी सभापति राजाराम बूढाथोकी पनि नगर प्रमुखका शसक्त दावेदार हुन् ।लामो समय देखी काङ्ग्रेस राजनीतिमा सक्रिय उनी सामाजिक जिवनमा पनि उत्तिकै सक्रिय छन् । तेती मात्र होइन कपनबाट रामकृष्ण केसी,अच्युत पौडेल समेत नगर प्रमुख पदका दावेदार हुन्।

त्यस्तै कपनबाटै यूवाहरुको बीचमा लोकप्रिय बद्री भट्टराई पनि प्रमुखको दावेदारको रूपमा छन् ।उमेर सानो हुँदैमा जिम्मेवारी नपाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने आवाज सहित मैदानमा आएका उनी पनि शसक्त उम्मेदवार हुन् । एकजना काङ्ग्रेस नेताका अनुसार मेयरको दावी गर्दागर्दै उनले बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ को वडाध्यक्षको टिकट पाउन सक्ने सम्भावना तेतिकै छ।

यसैबीच बूढानीलकण्ठ नगरपालिकामा मेयरको टिकट जस् जस्ले दावी गरेपनि अन्त्यमा पुर्व प्रतिस्पर्धि एबम बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठले चाहेमा उनले पुन प्राप्त गर्ने सम्भावना छ। तल धेरै बिबाद भएमा उनिनै दोहोरिन सक्ने अनुमान समेत एकजना काङ्ग्रेस नेताले गरेका छन् ।गगन थापा निकट मानिने ती काङ्ग्रेस नेताका अनुसार तेस्तो अवस्था सिर्जना भएमा गठबन्धन समेत बन्ने अबस्थामा काठमाडौ जिल्ला भर भागबन्डामा बूढानीलकण्ठ नगरपालिकालाई नेकपा एकीकृत समाजबादिको भागमा पार्ने र जिल्ला अध्यक्ष एबम प्रदेश साम्सद कुशुम कुमार कार्कीलाई मेयर स्विकारेर समेत काङ्ग्रेस जान सक्ने उनले दावी गरेका छन् । त्यस्तै बागमती प्रदेश साम्सद न्हुच्छे नारायण श्रेष्ठ समेत उम्मेदवार बन्न सक्ने तर उनी प्रदेश साम्सदको उमेद्वार बन्न सक्ने प्रवल सम्भावना छ।


Published :१७ चैत्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media