माओवादी केन्द्र बूढानिलकण्ठ-१० द्वारा स्थानीय निर्वाचनका लागि उम्मेदवार सिफारिस

राष्ट्रपाटी न्युज

१७ चैत्र २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्रले बूढानिलकण्ठ नगरपालिका वडा नं १० को लागि आगामी स्थानीय तहको निर्वाचनमा उठ्ने उम्मेदवार टुंगो लगाएको छ। २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र बूढानिलकण्ठ नगरपालिका वडा नं १० को पूर्ण बैठकले वडा अध्यक्ष सहित सदस्यहरुमा उम्मेदवार बन्ने व्यक्तिहरु सर्बसम्मत रुपमा सिफारिस गरेको हो ।

बैठकको निर्णय अनुसार वडा नं १० को वडाध्यक्षमा शिव प्रसाद बजगाई, सदस्यमा जयनन्द धिमाल र बिबेक अधिकारी, महिला सदस्यमा भागिरथा श्रेष्ठ र दलित महिला सदस्य पदमा इन्द्र माया सुनारलाई सिफारिस गरिएको छ।

उक्त बैठकमा बूढानिलकण्ठ नगरपालिका निर्वाचन कमाण्ड इन्चार्ज गोविन्द बहादुर बटला,प्रदेश ख का ईन्चार्ज रविन अधिकारि,क्षेत्रीय सचिव डम्बर अधिकारी,नगर ईन्चार्ज अमर बि क,नगर कमिटी अध्यक्ष भाइ नारायण श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति रहेको थियो।


Published :१७ चैत्र २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media