एमाले जे बोल्छ त्यही गर्छ – डा. राजन भट्टराई

राष्ट्रपाटी न्युज

१९ चैत्र २०७८

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटि सदस्य एबम काठमाण्डौ क्षेत्र नम्बर ४ का नेकपा एमालेका संघीय साम्सद पदका उमेद्वार डा राजन भट्टराईले नेकपा एमाले जे बोल्छ तेही गर्ने पार्टी भएको बताएका छन्। नेकपा एमाले सरकारमा हुँदा एउटा र बाहिर हुँदा अर्को कुरा गर्ने दहि चिउरे पार्टी नभएको बताउदै उनले राष्ट्रियताका सबालमा एमालेको धारणा संधै एकनाश रहेको बताएका छन्। एमालेको नेतृत्वमा देशले एकमतले चुच्चे नक्शा पाश गरेको भन्दै उक्त जमिन फिर्ता लिन समेत एमाले निरन्तर सक्रिय रहेको दावी गरेका छन्। त्यसै कारणले पनि सम्पूर्ण देशी बिदेशी शक्तिहरु एमालेलाइ घेराबन्दी गर्न लागेको उनले आरोप लगाए। एमाले जनताको पार्टी रहेको भन्दै हिमाल पहाड तराई सबैतिर एमाले प्रवेशको लहर चलेको उनको भनाइ छ।

नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं. १० द्वारा आयोजित उक्त कार्यक्रममा वडा कमिटी अध्यक्ष जगत निरौला , वडाध्यक्ष एबम नगर प्रवक्ता नवराज भट्टराई, प्रदेश कमिटी सदस्य मिठाराम अधिकारी लगायतले आफ्नो विचार राखेका थिए। उक्त कार्यक्रममा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी १३ जना नेकपा एमालेमा प्रवेश गरेका थिए।

पार्टी प्रवेश गर्नेहरुमा बलबहादुर विश्वकर्मा, दिनेश सुनार, विवेक गजमेर, आकाश सुनार, रमेश गजमेर, विशाल वि.क., दीपा राई, एलम राई, करण वि.क., केशव पुरी, विक्रम सेन्चुरी, पूर्ण बहादुर सुनुवार र रमेश सुनार रहेका छन् ।

कार्यक्रम नेकपा एमाले बूनपा १० वडा कमिटीका सचिव शम्भुशरण पौडेलले संचालन गरेका थिए भने वडा कमिटी अध्यक्ष जगत निरौलाको अध्यक्षता रहेको थियो।


Published :१९ चैत्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media