बूढानीलकण्ठ नगरपालिकाको उपप्रमुखमा देवी रेग्मीको दावी

राष्ट्रपाटी न्युज

२१ चैत्र २०७८

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिय संगै देशव्यापी रूपमा निर्वाचनको माहोल तात्न शुरु भएको छ। नगरपालिका तथा गाउँपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष एबम वडासदस्य बन्न इच्छुक विभिन्न पार्टीका नेता एबम कार्यकर्ता तथा विभिन्न स्वतन्त्र उमेद्वारहरु आफ्नो उम्मेद्वारी घोषणा धमाधम गर्दै छन।केन्द्रिय स्तरबाट नै नेपाली काङ्ग्रेसको नेतृत्वमा गठबन्धन हुने कुरा आएपछि नेकपा एमाले इत्तरका दलहरूमा खुशीको रक्तसञ्चार भएको छ।त्यसैले पनि चुनावी माहोलको रौनक अझै थपेको छ।
यसैबीच बूढानीलकण्ठ नगरपालिकामा समेत चुनावी माहोल तात्दै गएको छ। जनसंख्याको हिसाबले देशकै ठुलो नगरपालिका भएर पनि होला यस नगरपालिकामा मेयर उपमेयर वडाध्यक्ष बन्न घोषणा गर्नेहरु दिनहुुँ बढ्न थालेका छन् । नेपाली काङ्ग्रेसले विभिन्न वडाहरुमा वडाध्यक्षको उम्मेदवारहरु घोषणा समेत गरिसकेको छ।

यसैबीच नेकपा एमालेकि नेत्री देवी रेग्मीले बूढानीलकण्ठ नगरपालिकाको उपप्रमुख पदमा आफ्नो दावी प्रस्तुत गरेकी छन्। बिगत लामो समय देखि काठमाडौमा नेकपा एमालेको राजनीतिमा निरन्तर सक्रिय रहेकी उनले आफ्नो दावेदारी प्रस्तुत गरेकी हुन् । बिगतको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयरको रूपमा शसक्त दावी प्रस्तुत गरेपनि अन्तमा टिकट भने रमादेवी राइले प्राप्त गरेकी थिइन् ।

२०६४ साल देखी एमालेको पार्टी सदस्य रहेकी उनी दुई दुई पटक नेकपा एमालेको क्षेत्र नम्बर ४ को क्षेत्रीय सदस्य निर्बाचित भएकी थिइन् । तत्कालीन अबस्थामा यूवा सङ्घका गाउँ कमिटी देखि प्रदेश कमिटीका विभिन्न पदमा रहेर काम गरेको यूवा तथा जोसिलो अनुभव उनी सङ्ग छ ।

तत्कालीन अबस्थामा नेकपा एमाले राष्ट्रिय राजनीतिमा पहिलो वा तेस्रो स्थानमा रहेको बेला पार्टीका विभिन्न जिम्मेवारीमा उनी सक्रिय रहिन ।

बूढानीलकण्ठ १० मा सार्बजनिक जग्गा संरक्षण समितिको अध्यक्षको भूमिका समेत निर्बाह गरेकी उनी हाल राजनीतिक मात्र नभएर सामाजिक कार्यमा समेत सक्रिय छिन् । कर्मशिल महिला अभियानको अध्यक्ष, महिला मैत्री समुहको सचीव सहित अहिले उनी बाल उद्दार माध्यमिक बिधालयको बिधालय व्यवस्थापन समिति सदस्य पनि हुन् ।

हाल उनी नेपाल भुमिहिन सुकुम्बासी संगठनको प्रमुख छिन् भने नेकपा एमाले काठमाडौ जिल्ला सदस्य एबम बूढानीलकण्ठ १२ कि इन्चार्ज पनि हुन् ।


Published :२१ चैत्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media