एमालेद्वारा तीन दलसँग चुनावी तालमेल गर्न निर्देशन

काठमाडौं ।नेकपा एमालेले तीन दलसँग चुनावी तालमेल गर्न तल्ला निकायलाई निर्देशनदिएको छ । जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई आज महासचिव शंकर पोखरेललेपत्र पठाउँदै राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चासँग चुनावीतालमेल गर्न निर्देशन दिएका हुन् ।

एमालेले स्थानीय तह निर्वाचनका लागि कमल थापा नेतृत्वको राप्रपा नेपाल, एकनाथ ढकाल नेतृत्वको परिवार दल र चित्रबहादुर केसीसँग विद्रोह गरेकोजनमोर्चासँग चुनावी तालमेल गर्ने सहमति गरेको थियो ।

उक्त सहमति कार्यान्वयन गर्न एमालेले जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाईनिर्देशन दिएको हो । गत ३० चैतमा राप्रपा नेपाल र नेपाल परिवार दलसँगचुनावी तालमेल गर्ने सहमति गरेको थियो ।

उक्त सहमति कार्यान्वयन गर्न महासचिव पोखरेलले प्रदेश, जिल्लाकाकमिटीलाई आग्रह गर्नुका साथै पार्टीको प्रभाव र अवस्था हेरेर आ आफ्नोक्षेत्रमा आवश्यकताअनुसार सहमति कार्यान्वन गर्न आग्रह गरेको छ ।


Published :७ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media