एमाले अध्यक्ष ओली निवासमा सचिवालय बैठक जारी 

काठमाडौं । एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा एमाले सचिवालय बैठक बसिरहेको छ ।

आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवारी छनोट, निर्वाचनको तयारीलगायतका विषयमा बैठकमा छलफल भइरहेको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धन संयुक्त उम्मेदवार उठाएर निर्वाचनमा जाने भएपछि पार्टीको रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

एमालेले राप्रपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, परिवार दलसहितका पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ ।


Published :८ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media