आयोगद्वारा जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन सुरु

राष्ट्रपाटी न्युज

बैशाख ८, २०७९

काठमाडौं । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने सामाग्रीहरु जिल्लाहरुमा पठाउन सुरु गरेको छ ।

आजबाट ती सामाग्री जिल्लाहरुमा पठाउन सुरु गरिएको आयोगजले जनाएको छ ।

‘निर्वाचन आयोगले आजैदेखि जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन थालेको छ । मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौंका लागि आवश्यक पर्ने निर्वाचन सामग्री पठाइँदै छ । अन्य जिल्लामा पनि क्रमस निर्वाचन सामाग्री पठाइन्छ,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज आयोजित पत्रकार सम्मेलनमा भने ।


Published :बैशाख ८, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media