एमाले अध्यक्ष ओलीले आज पार्टीको घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तहकाे निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ ।

च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् ।

पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । घोषणापत्र सार्वजनिक गरेपछि अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् ।

घोषणापत्रलाई निर्वाचनमा महत्वपूर्ण मानिन्छ, जहाँ दलको प्रतिबद्धतासँगै पाँचवर्षे नीति तथा कार्यक्रमको स्पष्ट खाका हुन्छ ।
दलका प्रतिनिधि निर्वाचनबाट निर्वाचित भएको अवस्थामा उक्त घोषणापत्रलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

यसअघि एकीकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायत दलहरुले घाेषणापत्र/प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छन् ।


Published :९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media