टुंगियो एमाले मुगुको उम्मेद्वारी  

राष्ट्रपाटी न्युज

१० बैशाख २०७९

मुगु । नेकपा एमाले मुगुले उम्मेदवारी टुंगो लगाएको छ । ३०  वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले आफ्ना उम्मेदवारहरु टुंगो लगाएको हो । छायाँनाथ रारा नगरपालिकाको मेयरका लागि डम्वर रावल र उपमेयरमा टोमा लामालाई सिफारिश गरेको एमाले मुगुले जनाएको छ । पालिका प्रमुख र उपप्रमुखहरुहरुको नाम एमालेले शुक्रबार टुंगो लगाएको हो ।

त्यस्तै, सोरु गाउँपालिकाको अध्यक्षमा डिल्लीप्रसाद भट्ट, उपाध्यक्षमा डिलकली शाही , खत्याड गाउँपालिका अध्यक्षमा लालबहादुर मल्ल, उपाध्यक्षमा कविता गिरी र मुगुमकामारोङ्ग गाउँपालिका अध्यक्षमा सोनाम लामा र उपाध्यक्षमा छिरिङ्ग फुटिक लामालाई उम्मेद्वार घोषणा गरेको छ ।


Published :१० बैशाख २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media