एमाले सचिवालय बैठक बस्दै, उम्मेद्वारको अन्तिम टुंगो लगाइने

राष्ट्रपाटी न्युज

१० बैशाख २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक आज बस्ने भएको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो तीन बजे बैठक बस्न लागेको हो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपालिकाका उम्मेद्वारको टुंगो लगाउन बैठक बस्न लागेको हो ।

महानगरपालिका र उपमहानगरपालिकाबाट उम्मेद्वारहरुको सिफारिस भए पनि एमालेले उम्मेदवारको अन्तिम टुंगो भने लगाएको छैन ।


Published :१० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media