उम्मेद्वार टुंग्याउन असफल मध्यरातको कांग्रेस बैठक 

राष्ट्रपाटी न्युज

१० बैशाख २०७९

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको शुक्रबार मध्यरातसम्म बसेको बैठक उम्मेद्वारको टुंगो लगाउन असफल भएको छ । शुक्रबार राती अबेरसम्म बसेको बैठकमा नेताहरूले आ-आफ्नो पक्षका सिफारिस नाममा अडान लिएका कारण बैठकले कुनै निर्णय गर्न नसकेको हो ।

काठमाडौंको मेयरमा सिर्जना सिंहको नाम टुंगिएकाले शुक्रबारको बैठकमा खास चर्चा नभएको सहभागी एक नेताले जानकारी दिए ।

विराटनगरको मेयरका लागि नागेश कोइराला, भीम पराजुली, डीला संग्रौला र अमृत अर्यालको विषयमा धेरै समय छलफल भएको थियो ।

कोइरालाको पक्षमा नेता डा शेखर कोइराला उभिएका थिए । अर्का नेता कृष्ण सिटौलाले वर्तमान मेयर भीम पराजुली नै दोहोर्‍याउनु पर्ने अडान लिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।


Published :१० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media