मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

राष्ट्रपाटी न्युज

१० बैशाख २०७९

सप्तरी । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५ मलेकपुरमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको हो ।

सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१-०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र.१-०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको हो । उनका अनुसार मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका सन्दीप यादव र २८ वर्षका बुच्चु भन्ने रंजित यादव छन् ।

गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएको थियो । अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


Published :१० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media