काठमाडौं मेयरमा सिर्जनाको नाममा सहमति जुटाउँदै कांग्रेस

राष्ट्रपाटी न्युज

१० बैशाख २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाको भावी मेयरका लागि नेपाली कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनाउने लगभग सहमति भएको छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको कांग्रेस शीर्ष नेतृत्वको बैठकले सिंहलाई अनुमोदन गरेलगत्तै उनी पाँच दलीय गठबन्धनबाट मेयरकी साझा उम्मेदवारसमेत हुने छिन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नीसमेत रहेकी सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् । शुक्रबार साँझ बसेको बैठकले सिंहलाई अनुमोदन गर्ने बारेमा सहमति भईसकेको कांग्रेस नेताहरुले बताएका छन् ।

बालुवाटारमा जारी कांग्रेस शीर्ष नेतृत्वको बैठकले सहमति गरेपछि २ बजे बस्ने कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अन्तिम नामावली सार्वजनिक गर्नेछ ।


Published :१० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media