जनकपुर कांग्रेसमा असन्तुष्टि, सभापति साहले गरे स्वतन्त्र उम्मेद्वारीको घोषणा

राष्ट्रपाटी न्युज

१० बैशाख २०७९

काठमाडौं । पाँचदलीय गठबन्धनबीच तालमेलकाे क्रममा भागबण्डा गर्दा जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा) लाई परेपछि कांग्रेसमा असन्तुष्टि बढेकाे छ । असन्तुष्टमध्येका जनकपुर उपमहानगरपालिका कांग्रेस सभापति मनाेजकुमार साहले पदबाट राजीनामा दिएका छन् ।

उनले उपमहानगरपालिकाकाे प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घाेषणा पनि गरे । उनले भने , `पार्टीले गठबन्धनका दलहरूबीच तालमेलकाे नाममा भागबण्डा गर्दा जसपालाई मेयर दिने गरी जुन निर्णय ग-यो सरासर गलत छ । र, पार्टी नेतृत्वलाई बारम्बार ध्यानाकर्षण गराउँदा सम्बाेधन नभएपछि पार्टी जिल्लाकाे निर्णयअनुसार स्वतन्त्र उम्मेदवार बन्ने घाेषणा गरेकाे हुँ ।´ पार्टीको गलत निर्णयलाई समर्थन गर्न नसक्ने भएरै पदबाट राजीनामा दिएकाे स्पष्ट पारे । उनले ३० वैशाखमा हुने निर्वाचनबाट विजयी  हुने दाबी पनि गरे ।


Published :१० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media