मेयरका दाबेदार यादवद्वारा जसपा परित्याग, स्वतन्त्र उम्मेदवार बन्ने

राष्ट्रपाटी न्युज

१० बैशाख २०७९

काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विराटनगरको मेयरका दाबेदार उमेश यादवले जनता समाजवादी पार्टी परित्याग गरेका छन् ।

विराटनगरको मेयरमा उम्मेदवारी दिने तयारीसहित एक महिनायता घरदैलो गरिरहेका यादवले टिकट नपाउने भएपछि पार्टी परित्याग गरेका हुन् ।

सत्तारुढ गठबन्धनबीच तालमेल हुँदा विराटनगरको मेयर नेपाली काङ्ग्रेस, र उपमेयर जसपाको भागमा परेको छ । मेयरको दाबेदार यादवले शनिबार पत्रकार सम्मेलन गर्दै पार्टी छाडेको घोषणा गरे । उनले आफू स्वतन्त्र बस्ने बताएका छन् । यादव स्वतन्त्र रुपमा मेयरको उम्मेदवार बन्ने तयारीमा छन् । तर उनले उम्मेदवार बन्ने नबन्ने विषयमा निर्णय भइनसकेको बताए ।

२०७४ सालको निर्वाचनमा मेयरको उम्मेदवार बनेका यादव विराटनगरमा गठबन्धन गर्न नहुने पक्षमा थिए । भागवण्डा गर्दा उपमेयर पाएपछि जसपाको नगर समितिले उमेश यादवसहित ८ जनाको नाम उपमेयरका लागि सिफारिस गरेको थियो । उपमेयरको उम्मेदवार सिफारिस सूचीमा अध्यक्ष यादवका छोरा अमरेन्द्र यादवको पनि नाम छ ।


Published :१० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media