पोखरामा सत्ता गठबन्धनको बागी उम्मेद्वारद्वारा मनोनयन दर्ता

राष्ट्रपाटी न्युज

११ बैशाख २०७९

पोखरा । नेपाली कांग्रेसले गरेको गठबन्धनको विरोध गर्दै पोखरा महानगरमा बागी उम्मेद्वारी परेको छ ।

पार्टी नेतृत्वले रुखमा छाप लाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै पोखरा १४ का क्षत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।

केन्द्रीय नेतृत्वले गरेको गलत कदमको विरुद्ध आफूले उम्मेद्वारी दर्ता गरेको कार्कीले बताए । ‘सिण्डिकेट लागू गर्‍यो । हामी कांग्रेसी हो । हामीले कसलाई भोट हाल्ने ?,’ उनले भने, ‘गोरखामा आँखामा भोट हाल्नु भन्छन्, मकवानपुरमा गाईमा भोट हाल भन्छन्, चितवनमा हँसिया हथौडामा भोट हाल भन्छन् । अहिले कलममा भोट हाल भनेका छन् । अब हामीले रुखमा भोट हाल्दा पनि कारबाही भोग्नुपर्ने ?’

कार्कीले पार्टीभित्र विद्रोहका लागि अघि बढेको बताए । ‘मिलेर पद लिने हो भने ६० अर्व चुनावी खर्च किन गर्नुपर्‍यो ? मिलेर पद बाँड्दा भैगो त,’ उनले अघि थपे, ‘दलीय व्यवस्थामा दलीय प्रतिस्पर्धा हुनुपर्छ । मिलेर जाने होइन । यस्तो संसारमै भएको छैन ।’


Published :११ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media