विराटनगरको प्रमुखमा एमालेको उम्मेदवार पूर्वस्ववियू सभापति थापा

राष्ट्रपाटी न्युज

१२ बैशाख २०७९

काठमाडौं । प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले सागर थापालाई उम्मेदवार बनाउने भएको छ ।

संघीय सांसद घनश्याम खतिवडाले पार्टीका तर्फबाट थापा उम्मेदवार बन्ने टुङ्गो लागेको बताए ।

थापा एमाले विराटनगर महानगरपालिका कमिटीका अध्यक्ष हुन् । मोरङ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिसमेत भइसकेका छन् ।

विद्यार्थी राजनीतिबाट आएका उनी करिब तीन दशकयता पार्टी राजनीतिमा क्रियाशील छन् ।

विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्न पटक-पटक संघीय मन्त्री भइसकेका नेता लालबाबु पण्डितको  पनि चाहना थियो ।

अन्य नेताहरू गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेतलगायत पनि महानगरपालिकाको प्रमुख पदका आकांक्षी थिए ।  तर,  अन्तिममा थापाले उम्मेदवार हुने अवसर पाए ।

सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार भने यम सुब्बा हुने भएका छन् ।  पुख्र्यौली घर ताप्लेजुङ भएका उनी पनि लामो समयदेखि इटहरी रहेर एमाले राजनीतिमा सक्रिय छन् ।


Published :१२ बैशाख २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media