कांग्रेसबाट काठमाडौंको मेयरमा सिर्जनाको उम्मेदवारी दर्ता 

राष्ट्रपाटी न्युज

१२ बैशाख २०७९

काठमाडौं । गठबन्धनका तर्फबाट कांग्रेसकी सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराइएकी छन् । राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।

गणेशमान सिंहकी बुहारी तथा प्रकाशमान सिंहकी श्रीमती सिर्जनाले आफूले प्रकाशमानकी श्रीमती नभएर राजनीतिक योगदानाका आधारमा टिकट पाएको दाबी गरेकी छिन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग उनले भनिन्, ‘म प्रकासमानको श्रीमती नभई राजनितीक योगदानको आधारमा टिकट पाएकी हुँ ।’

महिलाहरूको हकहितका लागि विशेष काम गर्ने बताएकी उनले बालबालिकाको लागि विभिन्न कार्यक्रम र बेरोजगार युवाहरूको लागि क्षमताको आधारमा कार्यक्रम ल्याउने दाबी गरिन् ।

 


Published :१२ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media