मनोनयन अपडेटः साढे २३ हजारभन्दा बढीको उम्मेद्वारी दर्ता

राष्ट्रपाटी न्युज

१२ बैशाख २०७९

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा विभिन्न पदमा हालसम्म २३ हजार ५१७ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो २ बजेसम्म विभिन्न पदमा उक्त उम्मेदवारी परेको हो ।

आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय दिएको थियो । मनोनयन सोमबार बेलुकी पाँच बजेसम्म गर्न पाइनेछ ।

आयोगका अनुसार हालसम्म प्रमुख पदमा १ हजार ३१, अध्यक्ष पदमा ८७१, उपप्रमुख पदमा ५३०, उपाध्यक्ष पदमा ४९६, वडा अध्यक्ष पदमा ६ हजार ३२२, महिला सदस्य पदमा ३ हजार ५७५, दलित महिला सदस्य पदमा ३ हजार ६ र सदस्य पदमा ७ हजार ६८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।


Published :१२ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media