शेयर बजारमा ३४ अंकको गिरावट

राष्ट्रपाटी न्युज

१२ बैशाख २०७९

काठमाडाैं । साताको दोस्रो दिन साेमबार नेपाली सेयर बजार नेप्से ३४ दशमलव ९५ अंकले घटेर परिसूचक २३ सय ८६ अंक बन्द भएको छ । साताकाे पहिलाे दिन आइतबार एकै दिन ९६ अंकले बढेर हरियाली छाएको नेप्सेमा सोमबार ३४ अंकको गिरावट आउँदा नेप्सेको सेन्सेटिभ इन्डेक्स ६ अंकले घटेको छ ।

सोमबार नेप्सेको सेन्सेटिभ इन्डेक्स ४ सय ५४ अंक पुगेर बन्द भएको छ । नेप्सेमा ५० लाख ४७  हजार कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब  चार करोड २२ लाख  हजार  रुपैयाँको कारोबार भएको छ ।

कारोबार रकममा आइतबारभन्दा ५१ करोडले कमी आएको छ । नेप्सेमा सोमबार अधिकांश सेक्टरका सेयरधनीले गुमाएका छन्।

नेप्सेमा १ सय ६३ कम्पनीका सेयरधनीले ठूलो रकम गुमाउँदा जम्मा २७  कम्पनीले सेयरधनीले नाफा कमाएका छन् । सेयर बजारमा लाइफ इन्स्योरेन्स र नन् लाइफ इन्स्योरेन्स  सेक्टरका सेयरधनीले सबैभन्दा धेरै १०० अंक बढीको गिरावट बेहोर्नुपरेको छ ।


Published :१२ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media