अबदेखि सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

राष्ट्रपाटी न्युज

बैशाख ७, २०८३

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब-भत्ता भुक्तानी प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ । अहिलेसम्म मासिक रूपमा दिइँदै आएको तलब सुविधा आगामी दिनमा अर्धमासिक (महिनामा दुई पटक) रूपमा वितरण गरिने भएको हो ।

मन्त्रालयबाट जारी पत्रअनुसार यो व्यवस्था कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको छ ।

हालसम्म सरकारी कर्मचारीहरूले एकैपटक महिनाको अन्त्यमा तलब बुझ्दै आएका थिए । तर नयाँ प्रणाली लागू भएपछि अब महिनामा दुई चरणमा तलब पाउने व्यवस्था हुनेछ। यसले कर्मचारीहरूको नगद प्रवाह व्यवस्थापन सहज बनाउने तथा आर्थिक योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अर्थ मन्त्रालयका अनुसार अर्धमासिक भुक्तानी प्रणालीले कर्मचारीहरूलाई नियमित रूपमा आम्दानी प्राप्त हुने भएकाले दैनिक खर्च व्यवस्थापनमा सकारात्मक प्रभाव पार्नेछ। साथै, बैंकिङ प्रणालीसँगको समन्वयमार्फत भुक्तानी प्रक्रिया अझ व्यवस्थित र पारदर्शी बनाउने लक्ष्य राखिएको छ।


Published :बैशाख ७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media