स्थानीय चुनावः १४ र १५ मा उजुरीउपर जाँचबुझ, १७ गते निर्वाचन चिह्न प्रदान गरिने

राष्ट्रपाटी न्युज

१३ बैशाख २०७९

काठमाडौं । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा साढे एक लाख उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले साेमबार राति सार्वजनिक गरेकाे पछिल्लाे विवरण अनुसार आइतबार र साेमबार गरी  १ लाख २३ हजार ४ सय  जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयन दर्ताको  संख्यात्मक विवरण (प्रणालीमा प्रविष्टि) गर्ने क्रम जारी रहेकाले उम्मेदवारकाे संख्या बढ्ने आँकलन गरिएकाे छ ।

याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ काे स्थानीय तहकाे चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

आज  उम्मेदवारको विरोधमा उजुरी दिन आयाेगले भनेकाे छ । १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।


Published :१३ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media