रुपन्देही कांग्रेसमा उम्मेद्वारी दर्तामा असन्तुष्टि, सभापतिसहित दर्जनौँले गरे पार्टी परित्याग

राष्ट्रपाटी न्युज

१३ बैशाख २०७९

बुटवल । उम्मेदवारी दर्तालाई लिएर असन्तुष्ट कार्यकर्ताले पार्टी छाड्ने क्रम जारी छ । रुपन्देहीको गैंडहवा गाउँपालिकामा उम्मेदवारी चयनप्रति तीव्र असन्तुष्टि जनाउँदै कांग्रेसका ३० जना कार्यकर्ताले पार्टी छाडेका छन् ।

उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेपाली कांग्रेस गैडहवा गाउँ कार्यसमितिका सभापति सत्यनारायण पथिकसहित ३० जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् ।

कांग्रेसले गैंडहवा गाउँपालिका अध्यक्षमा वसिउल्लाह मुसलमानलाई उम्मेदवार बनाएपछि कार्यकर्ता असन्तुष्ट बनेका हुन् । उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए ।

एक पटक पराजित भैसकेको व्यक्तिलाई पुनः टिकट दिएको भन्दै कार्यकर्ताले पार्टीबाट राजीनामा दिएका हुन् ।

गैंडहवा गाउँपालिका सांसद भरत साहको निर्वाचन क्षेत्रमा पर्छ ।


Published :१३ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media