स्थानीय निर्वाचनः आज र भोलि उजुरीमाथि छानबिन, १७ गते चुनाव चिह्न

राष्ट्रपाटी न्युज

१४ बैशाख २०७९

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो ।

प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिए । आज र भोलि  छानबिन गरेर आयोगले निर्णय पनि लिनेछ ।

आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ ।

निर्वाचन आयोगका अनुसार १७ गतेमात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि साढे एक लाखले उम्मेदवारी दिएका छन् ।


Published :१४ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media