आयोगले छाप्यो एक करोड ७७ लाख ७५ हजार मतपत्र

राष्ट्रपाटी न्युज

१५ बैशाख २०७९

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छापिएको जानकारी दिएको छ ।

आयोगको नियमित पत्रकार सम्मेलनअन्तर्गत बिहीबार सहायक प्रवक्ता तथा उपसचिव सूर्यप्रसाद अर्यालले १५ वैशाखसम्ममा ७२ जिल्लाका लागि एक  करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिएका हुन् ।

उनका अनुसार  हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ ।

यसबारे आयोगले जारी गरेको विज्ञप्तिः

 

 

 


Published :१५ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media