ओखलढुंगा लिखु गाउँपालिकामा स्वतन्त्र उम्मेदवार राजन सुबेदीको चर्चा

राष्ट्रपाटी न्युज

१६ बैशाख २०७९

ओखलढुंगा। ओखलढुंगाको लिखु गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका दाबेदार राजन सुबेदीलाइ अन्तिम समयमा पार्टीले टिकट नदिएपछि उनले गाउँपालिका अध्यक्षमा स्वतन्त्र उमेद्वारी दिएका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत नेपाली कांग्रेसको तर्फबाट सशक्त दावेदार रहेका उनि यसपाली पनि अशोक कार्कीलाई टिकट दिएपछि पार्टी नेतृत्व प्रति आक्रामक बनेका हुन्।
स्थानीय स्तरमा नेपाली कांग्रेस पार्टी बचाउन आफूहरु निरन्तर सक्रिय रहेको र भौतिक एबम मानसिक रुपमा समेत बिभिन्न ढंगले लड्नुपरेको भन्दै जिम्मेवारी र अबसर प्राप्त गर्ने बेला भने पार्टीले अरुलाई नै प्राथमिकतामा राखेकोले ‘ जहाँ अन्याय त्यहाँ बिद्रोह’ भन्ने सिद्वान्त अनुसार उम्मेद्वारी दिएको उनि बताउँछन्। अब निर्बाचन आयोगले चुनाव चिन्ह प्रदान गरेपछि जनताको बिचमा सक्रिय रुपमा भोट माग्ने भन्दै जनताले आफूलाई निर्वाचित गराएर अध्यक्ष बनाउनेमा आफू ढुक्क रहेको उनको भनाइ छ।

आफू कुनै हालतमा पछाडी फर्कने अबस्थामा नरहेको भन्दै आबश्यक परे नेकपा एकीकृत समाजबादी र नेकपा माओबादी केन्द्र संग समेत सहमति हुन सक्ने बताएका छन्।

कसैलाई हराउन वा जिताउन भन्दा पनि आफुले जित्न र गाउँको विकास गर्न उमेद्वारी दिइएको उनको भनाइ छ। दलहरुको जनतालाई भर नरहेको र पार्टीहरु भित्र घात अन्तरघात भईरहेकाले त्यसको फाइदा स्वतन्त्रलाई पुग्ने उनको तर्क छ। अब ‘धेरै चाेटी हेरियो सुर्य र रुख, एक चाेटी हेराैं साथीको मुख’ भन्ने नारा सहित आगाडी बढ्ने उनि बताउँछन् ।

सिर्जनात्मक सोच , साहसिक व्याक्तित्व र चट्टानी अडानका कारण सुबेदी जिल्लाभर चर्चामा छन्। नेपाली कांग्रेसको भर्खरै सम्पन्न महाधिवेशनमा झिनो मतले महाधिवेशन प्रतिनिधिमा पराजित भएपनि पार्टी भित्र उनको विशिष्ट महत्व छ।ओखलढुंगाको पश्चिम बेल्टमा सुबेदी नेपाली कांग्रेसको खम्बा नै हुन् भन्दा फरक नपर्ने स्थानीय कांग्रेस नेता बताउँछन्।


Published :१६ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media