स्थानीय निर्वाचनमा सबैभन्दा बढी उम्मेदवार खडा गर्ने पार्टी एमाले

राष्ट्रपाटी न्युज

१७ बैशाख २०७९

काठमाडौं । आगामी ३० वैशाखका लागि तय भएको स्थानीय तह निर्वाचनमा  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सबैभन्दा बढी उम्मेदवार खडा गरेको छ ।

सात सय ५३ वटै स्थानीय तहका लागि केपी शर्मा ओली नेतृत्वको एमालेले ३ हजार ५ सय २३ उम्मेदवार खडा गरेर धेरै उम्मेदवार खडा गर्ने दलको रुपमा रेकर्ड पनि कायम गरेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार १८ हजार ५ सय ४३ जना पुरुष मात्रै उम्मेदवार रहेका छन्  भने १२ हजार ८ सय ८२ जना महिलालाई एमालेले उम्मेदवार बनाएको छ ।

देशका सात सय ५३ मध्ये १५ वटामात्रै नगरप्रमुख र गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता नगराएको एमालेले ७ सय ३८ जनालाई नगरप्रमुख र गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको आयोगको रेकर्डमा उल्लेख छ ।

जसअनुसार २६ जना पुरुषलाई नगर उपप्रमुख बनाएको एमालेले २ सय ६० जना महिलालाई नगरप्रमुखको दावेदारको रुपमा प्रस्तुत गरेको छ । ३५ जना पुरुषलाई गाउँपालिका उपाध्यक्षमा खडा गरेको र चार सय १० जनालाई उपाध्यक्षको रुपमा मैदानमा उतारेको छ ।

६ हजार ५ सय २३ जना मध्ये ६ हजार ४ सय ५ वडा अध्यक्षमा पुरुषलाई उठाएको एमालेले सोही पदमा जम्मा १ सय १८ जनालाई महिलामात्रै वडा अध्यक्षको रुपमा सीमित पारेको छ ।

६ हजार ४ सय ११ जना महिला, ६ हजार २ सय ९ जना दलित महिला वडा सदस्य उठाएको एमालेले १२ हजार ३ सय ५० जना पुरुष, ५ सय ४१ जना महिलालाई उम्मेदवार बनाएको छ ।


Published :१७ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media