हेटौंडामा भोलि हुने एमाले सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने

राष्ट्रपाटी न्युज

१७ बैशाख २०७९

हेटौंडा । भोलि आइतबार नेकपा एमालेले हेटौंडामा आमसभा गर्दैछ । आमसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर ओली हेटौंडा आउन लागेका हुन् । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्ताहरूसहित ४० हजारभन्दा बढीको सहभागिता रहने दाबी गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाका विभिन्न चारवटा नाकाबाट पैदल र्‍याली गरी हुप्राचौरमा आमसभा गरिने एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए ।


Published :१७ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media