यो पटक चम्पादेवी ७ लाइ न्याय गरौँ ।

राष्ट्रपाटी न्युज

१८ बैशाख २०७९

पेशल कार्की। विचार
‘मेरो सानो खरायो आज कता हरायो !’
यो कविता पढ्दै खेल्दै हुर्केको मेरो गाउँमा पनि स्थानीय तहको चुनाव जोडतोडले लागेको छ । झन्डैझन्डै ५ बर्ष वडालाई हाकीसकेका पुर्व वडा अध्यक्ष सुरेश कुमार थापा (नेकपा एमालेबाट) , लामो समय बिद्यालयमा करार शिक्षकको रुपमा काम गरेका भिम बहादुर खत्री (माओबादी केन्द्रबाट) र स्थायी रुपमा काठमाडौँ बस्दै आएका धुर्व कार्की (नेपाली कांग्रेस) बाट चम्पादेवी गाउँपालिकाको वडा न ७ को वडाध्यक्षको चुनावी मैदानमा छन् ।

केहि समय देखि म काठमाडौँलाई कर्म क्षेत्र बनाएर काठमाडौँमा नै बस्दै आएको मैले गाउँ र यो सहरमा राजनीतिक भिन्नता धेरै नै पाएको छु । सहरमा राजनीतिक पार्टीका बारेमा चर्चा अन्य बेला धेरै नै कम हुन्छ गाउँको तुलनामा । तर गाउँमा चुनाव जितेर झन्डै झन्डै कार्यकाल सकिन लाग्दा पनि एउटा सानो काम लिएर वडा जाँदा त यो पार्टीको र फलानो उ पार्टीको भन्ने र काम अड्काउने चलन अहिले पनि सारा जनताहरुले देखेको र भोगेको सम्पूर्णलाई जानकारी नै छ ।

मेरो कर्मथलो सहरमा आफ्नो पार्टीको कार्यकर्तालाई भन्दा अन्यलाई पहिलो प्राथमिकता दिनु पर्छ है भन्ने धारणा पाएको छु भने मेरो जन्मथलो गाउँमा रातोभाले नै चडाउनु पर्ने सम्मको खबर साथिभाईहरुबाट सुन्नु पर्दा रौँ नै सिरिङ्ग सिरिङ्ग भएको छ धेरै पल्ट ।

हामीले आफैले चुनेको जनप्रतिनिधिलाई यो ५ वर्ष झेल्नुको विकल्प थिएन हामीसंग ।

तर अब समय आएको छ। आफुलाई सुरक्षित गर्ने, गाउँको साचिकै ५ बर्षलाई हेरेर जनप्रतिनिधि छान्ने, जो कुनै पार्टीको कार्यकर्ता नभएर हाम्रो वडाबासिको जनप्रतिनिधि बन्न सक्ने होस् । उ आफैमा पनि सफल व्यक्तित्व होस् !!! हो त्यस्तै व्यक्ति हामीले हाम्रो जनप्रतिनिधि पाउनु पर्छ, छान्नु पर्छ !

मैले त्यो क्षमता भएको व्यक्ति स्वतन्त्रमा उठेको थाहा पाएको छु जसले मलाई गाउँ फर्कन वाध्य बनाएको छ र म फर्कदै छु। हो म गाउँको सहि जनप्रतिनिधि छान्न गाउँ फर्कदै छु।

गाउँमा आफुलाई सफल व्यवसायीको रुपमा स्थापना गर्न सफल व्याक्तित्व , सारा युवा गाउँमा भबिष्य नदेखेर गाउँ छोड्ने बेला आफ्नो भबिष्य गाउँमा नै सुरक्षित बनाउन सफल मेरो आदरणीय दाई बिष्णु हरि पोख्रेलले पनि वडा न ७ को वडा अध्यक्षमा उम्मेदवारी दर्ता गरेको कुराले म भोट गर्न मात्र होइन जिताउने उदेश्यले नै गाउँ फर्किने निधो गरेको छु ।

आदरणीय चम्पादेवी ७ न वडा बासि आमा-बुवा, काका काकी, मामा माइजु, दाजु भाई तथा दिदि बहिनि र मेरा सम्पूर्ण साथिभाई,
यो पल्ट चुनाव चिन्ह खरायो लिएर बिष्णु हरि पोख्रेल स्वतन्त्र उम्मेदवार हाम्रो वडामा केहि फरक गर्ने उदेश्यका साथ आएका छन् । हामीले धेरै पल्ट दललाई विश्वास गरेका छौ। यो पल्ट व्यक्ति हेरौ। यो पल्ट स्वतन्त्र व्यक्ति रोजौ,यो पल्ट गाउँलाई न्याय गरौ। यो पल्ट खरायो छानौ ।
(लेखक कार्की काठमाण्डौ ठमेलका व्यावसायी हुन् भने चम्पादेवी ७ का स्थानीय यूवा पनि हुन्। )


Published :१८ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media