रेणु दाहालले राजीनामाअघि आफूनिकटलाई लाखौँ रकम बाँडेको प्रमाण फेला

राष्ट्रपाटी न्युज

१८ बैशाख २०७९

​​​​​​​भरतपुर । भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिनुअघि प्रचण्डपुत्री रेणु दाहालले लाखौँ रकम बाँडेको प्रमाण फेला परेको छ । उनले राजीनामा दिएर फेरि मेयर पदमा उम्मेदवार बन्नुअघि महानगरबाट विभिन्न व्यक्तिलाई लाखौं रुपैयाँ वितरण गरिएको पाइएको हो ।

चैत १८ गते नगर कार्यपालिकाको ६४ औँ अर्थात् अन्तिम बैठकबाट निर्माण सम्पन्न नभएको आयोजना, आफूनिकटका नेता कार्यकर्तालगायतलाई लाखौं रकम बाँड्ने निर्णय भएको पाइएको छ ।

महानगरको नगर कार्यपालिकाको अन्तिम बैठकमा माइन्यूट नै गरेर विभिन्न उपचार खर्चका नाममा आफूनिकटका व्यक्तिहरुलाई ६ लाख ५५ हजार रुपैयाँ बाँड्ने निर्णय गरिएको छ । उक्त रकम कम्तीमा १० हजारदेखि एक लाख रुपैयाँसम्म रहेको देखिन्छ ।


Published :१८ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media