केही ठाउँमा विरोधका बाबजुद गठबन्धन सफल भयोः कांग्रेस प्रवक्ता

राष्ट्रपाटी न्युज

१८ बैशाख २०७९

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही ठाउँमा विरोधका बीच पाँचदलीय गठबन्धन सफल भएको बताएका छन् ।

आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी प्रचार विभाग प्रमुखसमेत रहेका महतले धेरैलाई गठबन्धन टुट्ने लागे पनि त्यस्तो नभएको बताए । उनले धेरैले दाबी गरेजस्तो कतै पनि उल्लेख्य रूपमा विद्रोह नभएको बताए । तर, जनकपुर, भरतपुर, तनहुँ, डडेल्धुराका स्थानीय तहमा गठबन्धनविरुद्ध कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी परेको छ ।

स्थानीय चुनावमा कांग्रेसबाट ३० हजार ६ सय बढी उम्मेदवारी परेको पनि उनले बताए । उनका अनुसार दुई सय ६५ जना उम्मेदवार मेयरमा, तीन सय ७२ ठाउँमा गाउँपालिका अध्यक्षमा, एक सय ९४ जना उम्मेदवार उपमेयर र तीन सय ४० जना उपाध्यक्ष उठेको महतले जानकारी दिए । देशभर कांग्रेसका ६ हजार ४३ जना वडाध्यक्षका उम्मेदवार छन् । वडा सदस्यमा पाँच हजार नौ सय ३८ जना उम्मेदवार रहेको महतले बताए।

दलित महिला सदस्यमा पाँच हजार ६ सय ९१ र दुई सदस्यका लागि ११ हजार सात सय ८८ जना उम्मेदवार रहेको उनले बताए ।

नेता महतले देशभर विपक्षी पार्टीका कार्यकर्ताबाट निर्वाचन आचारसंहित उल्लंघन हुँदा पनि निर्वाचन आयोग मौन बसेको भन्दै आपत्ति जनाए ।


Published :१८ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media