भ्रामक सामग्री पोष्ट गर्नेलाई कडा कारबाही गर्ने आयोगको चेतावनी

राष्ट्रपाटी न्युज

१८ बैशाख २०७९

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचारसंहिता विपरीतका सामग्री प्रकाशन गरे कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जालमा मिथ्या सामाग्री पोष्ट गरेमा कडा कारबाही गर्ने बताए ।

निर्वाचन आचारसंहिता विपरीतका सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुनअनुसार कारवाही गरिने प्रष्ट पारे ।

चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निर्वाचन आयोग ऐन २०७३ को दफा १६ बमोजिम कारवाही गरिने उल्लेख गरे ।


Published :१८ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media