२५औँ वर्षमा सिस्नुपानी नेपाल, कोभिडमा सुस्ताए पनि अब सक्रिय हुने

राष्ट्रपाटी न्युज

१९ बैशाख २०७९

काठमाडौं । नेपाली हाँस्य व्यंग्य क्षेत्रको चर्चित संस्था सिस्नुपानी नेपाल २५औँ वर्षमा प्रवेश गरेको छ । सो संस्थाका संस्थापक तथा हाँस्य व्यंग्य लेखक लक्ष्मण गाम्नागेका अनुसार कोभिड महामारीले अलिकति सुस्ताएको जस्तो देखिए पनि सिस्नुपानी नेपाल पुनः सक्रियताका साथ प्रस्तुत हुनेछ ।

नेपालका हाँस्यव्यंग्य क्षेत्रका प्रख्यात कलाकार र लेखकहरुको जमघट रहेको सिस्नुपानी नेपालले मुख्यतः तिहारका अवसरमा व्यंग्यात्मक देउसीभैलाे कार्यक्रम राखेर राजनीतिक दलका नेता तथा अन्य विशिष्ट वर्गलाई आलोचनामार्फत् सचेत गराउँदै आएको छ ।


Published :१९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media