काङ्ग्रेस बूढानीलकण्ठको प्रचार प्रसारको नेतृत्व बद्री भट्टराईले गर्ने

राष्ट्रपाटी न्युज

१९ बैशाख २०७९

बूढानीलकण्ठ। नेपाली काङ्ग्रेस बूढानीलकण्ठ नगर समितिले स्थानीय निर्वाचनको प्रचारप्रसार संयोजकमा स्पष्ट बक्ता एबम युवानेता बद्री भट्टराईलाई चयन गरेको छ।

त्यसैगरि निर्वाचन परिचालन समितिको संयोजकमा गोकर्ण केसी, बुद्धिजीवि तथा पेशाकर्मी संयोजक दामोदर खड्का, महिला संयोजकमा कृष्ण कुमारी बस्नेत, युवा परिचालनमा राजु विक्रम थापा, आर्थिक संयोजकमा भोला लामिछानेले जिम्मेवारि पाएका छन् ।

यूबाहरुले नगरको नेतृत्व पाउनुपर्ने एजेन्डा सहित नगर प्रमुख पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका भट्टराईले अब भने नगर प्रमुखका उम्मेदवार बिनोद चालिसेलाई सघाउनु पर्ने भएको छ। मिडिया क्षेत्रको समेत राम्रो अनुभव भएका भट्टराई काङ्ग्रेस भित्र आश लाग्दा पात्र हुन् ।नेपाली काङ्ग्रेसको भर्खरै सम्पन्न महाधिवेशनमा कुनै प्यानलमा नलागी स्वतन्त्र रूपमा क्षेत्रीय सचीव निर्बाचित भएका थिए ।

त्यसैगरि अनलाइन मिडिया संयोजकमा विजेन्द्र पुडाशैनी, छापाखाना तथा तयारी समिति सम्योजकमा सञ्जित थापा रहेका छन्। थप समिति र संयोजकको जिम्मेवारी केहि दिन भित्रै गरिसक्ने नगर समितिले जनाएको छ।


Published :१९ बैशाख २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media