अगमको म्युजिक भिडियो ‘एकान्तमा’ सार्वजनिक

राष्ट्रपाटी न्युज

१९ बैशाख २०७९

खोटाङ । गीतकार अगम विकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङको साकेला गाउँपालिका–२ रतन्छा घर भई हाल वैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहेका अगम विकरालको ‘एकान्तमा’ बोलको गीतको म्युजिक भिडियो बजारमा आएको हो । ५ मिनेटको म्युजिक भिडियो विकराल अगम युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

चर्चित गायिका मेलिना राईको स्वर रहेको गीतमा नुहाङ राईको संगीत र फणिन्द्र राईको एरेञ्ज रहेको छ । दार्जिलिङको मिरिकमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा प्रतिमा लिम्बू र मनिन्द्र लिम्बू (गोर्खा)ले अभिनय गरेका छन् । भिडियोको निर्देशन स्वयं अगम विकरालले नै गरेका हुन् ।

आपसी मतभेदका कारण श्रीमानले घर छाडेपछि एक्लिएकी युवतीको विरहलाई म्युजिक भिडियोमा समेटिएको छ । गीतकार विकरालका यसअघि पनि केही म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । उनका करिब एक दर्जन गीत रेकर्ड भइसकेका छन् । विकरालको ‘नसम्झिने बाचासँगै’ गीत लोकप्रिय छ ।


Published :१९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media