११ विद्राेही उम्मेदवारलाई माओवादीले ग-यो कारबाही

राष्ट्रपाटी न्युज

२० बैशाख २०७९

उदयपुर । माओवादी केन्द्रले उदयपुरमा ११ विद्राेही उम्मेदवारलाई कारबाही गरेकाे छ । आसन्‍न स्थानीय तहकाे निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाे भन्दै माओवादी प्रदेश कमिटीले त्यस्ता उम्मेदवारसँगै सहयोग गर्ने नेतालाई कारबाही गरेको हाे ।

प्रदेश अध्यक्ष हर्क नेम्बाङले उदयपुरका ११ सहित धनकुटा, ताप्लेजुङ र सुनसरीका नेतालाई कारबाही गरेका छन् ।

प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाललाई कारबाहीका लागि केन्द्रीय समितिमा सिफारिस गरिएकाे छ भने बाँकी ८ जना साबित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जा मगर, रामप्रसाद बराल, सन्तोष सुबेदीलाई पार्टीबाट निलम्बन गरिएको छ ।


Published :२० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media