एमालेद्वारा बागी उम्मेदवारसहित १४ जनालाई पार्टीबाट निष्काशन

राष्ट्रपाटी न्युज

२१ बैशाख २०७९

अछाम । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी खडा भएकाे भन्दै नेकपा (एमाले) अछामले १४ जनालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्काशन गरेको छ ।

साँफेबगर नगरपालिका-६ मा वडाध्यक्षका बागी उम्मदेवार मीनबहादुर बोहरा, सदस्यका उम्मेदवार खड्कराज मुडभरी, धर्म दुवाल, सावित्री कडारा, अप्सरा स्वाँरलाई पार्टीको साधारण सदस्य नरहने गरी निष्काशन गरिएको एमाले अछामका सचिव भीमबहादुर रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, साेही नगरपालिका-१ मा वडा सदस्यका उम्मेदवार पूर्णकुमार शाह र मय नेपाली, एमाले जिल्ला सदस्य दीपक कुँवर, हर्कविरही विक, जिल्ला सल्लाहकार सदस्य बलबहादुर रावल, बद्रीप्रसाद धमाला, मंगलसेन नगरकमिटी सदस्य भक्त विक, कमलबजार नगरपालिका-५ का पार्टी अध्यक्ष केशव तिमिल्सेना, साँफेबगर नगरपालिका-९ का अध्यक्ष ध्रुव थापालाई निष्काशन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


Published :२१ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media