एआईजी विश्वराजको रिटको पेसी माथेमाको इजलासमा

राष्ट्रपाटी न्युज

२१ बैशाख २०७९

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई बनाउने सरकारको निर्णय बदर गर्न माग गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै छ ।

रिटको पेसी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा तोकिएको छ । पोखरेलले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल र आईजीपी धिरजप्रताप सिंहलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।

रिटमा उनले ज्येष्ठ भएको र बढुवाका सम्पूर्ण आधारमा सर्वाधिक अंक प्राप्त गरेको जिकिर गर्दै वरिष्ठताका आधारमा बढुवा गरेर तत्काल आईजीपी नियुक्त गर्न माग गरेका छन्।

सिंहलाई बढुवा गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न र प्रहरी महानिरीक्षक पदमा रहेर काम गर्न नदिन पनि पोखरेलको माग छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई बढुवा गरेर आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । सोमबार नै उनले दर्ज्यानी चिह्न पाएका छन् ।


Published :२१ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media