धनराजकी पूर्वश्रीमती ज्योतिविरुद्ध रेड नोटिस जारी गर्न सिफारिस

राष्ट्रपाटी न्युज

६ कार्तिक २०८१

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वश्रीमती ज्योति गुरुङविरुद्ध रेड नोटिस जारी गर्न सिफारिस गरिएको छ ।

ललितपुरको मितेरी सहकारीको करोडौँ रकम अपचलन भएको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीसहित दुईजनाविरूद्ध रेड नोटिस जारी गर्न सिफारिस गरेको हो ।

सीआईबीले ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिड को-ओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ बचत हिनामिनाको अनुसन्धान गरिरहेको छ ।

मितेरी सहकारीले बचतकर्ताको १२ करोड ५९ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ ।


Published :६ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media