लेबनानको एक अस्पताल नजिक इजरायली हमला, १३ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

६ कार्तिक २०८१

काठमाडौँ । लेबनानको बेरुत अस्पताल नजिक इजरायले हमला गर्दा १३ जनाको मृत्यु भएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले मंगलबार दक्षिण बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा एक बच्चासहित १३ जनाको मृत्यु भएको  जनाएको छ ।

लेबनानको सबैभन्दा ठूलो जनस्वास्थ्य केन्द्र रफीक हरिरी अस्पताल नजिकै भएको आक्रमणमा अन्य ५७ जना घाइते भएको जनाएको छ।

लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएअनुसार द्वन्द्वको समयमा जनाहबाट केही मिनेट टाढा रहेको ओजाईमा पहिलोपटक आक्रमण भएको हो । (एजेन्सी)


Published :६ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media