विकासप्रेमी एमालेलाई मतदान गर्न अध्यक्ष ओलीको आग्रह

राष्ट्रपाटी न्युज

२२ बैशाख २०७९

बिर्तामोड । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको घोषणापत्रमा जनताको आँसुमात्रै देखिने बताएका छन् । उनले कतै अलमलमा नपरी विकासप्रेमी एमालेलाई मतदान गर्न सम्पूर्ण आमजनतालाई आग्रह गरे ।

झापाको सुरुङ्गामा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको घोषणापत्रमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले भने जस्तो मान्छे नदेखिने बताए । अध्यक्ष ओलीले भने, एमालेको घोषणापत्रमा विकास मात्रै देखिन्छ । एमालेको घोषणापत्रमा सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता, देश बनाउने योजना, समृद्ध नेपालको खाका, जनताको खुशी मात्रै देखिने छ ।’

गठबन्धनका नेताहरुले एमालेको घोषणापत्रमा मानिस नदेखिएको भन्ने भनाइलाई ओलीले एमालेको घोषणापत्रमा विकास मात्रै देखिन्छ, मान्छे देखिदैन भने । उनले वैशाख ३० पछि गठबन्धनको हालत देखिने बताए ।

कनकाईका चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विकासका लागि कनकाईमा राजेन्द्र पोरखरेलको नेतृत्वलाई अघि बढाएको बताए ।  यसअघिको कार्यकालमा गरेको विकासलाई मूल्याङ्कन गरेरै उम्मेद्वार दोहो-याएको उनले दाबी गरे ।

अध्यक्ष ओलीले कनकाईका जनताले चाहेको विकास राजेन्द्रबाटै सम्भव भएकाले उनलाई उठाइएको बताए । उनले भने- तपाईंहरुले जिताउने कुरा थाहा पाएरै मैले यो निर्णय लिएको हुँ । कनकाईमा एमालेबाट उम्मेद्वार बनेका सबैलाई विजयी गराउन आग्रह पनि उनले गरे ।


Published :२२ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media