अध्यक्ष ओली आज कैलाली र कञ्चनपुर जाँदै, बृहत् चुनावी सभालाई सम्बोधन गर्ने

राष्ट्रपाटी न्युज

२२ बैशाख २०७९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिममा आयोजना हुने तीनवटा चुनावी सभालाई सम्बोधन गर्न आज त्यसतर्फ जाने भएका छन् ।

सो पार्टीका नेता एवं प्रतिनिधिसभाका सदस्य नारदमुनि रानाका अनुसार  अध्यक्ष ओलीले  कैलाली र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कैलालीको धनगढी, बर्दगोरिया र कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा एमालेद्वारा आयोजना गरिने चुनावी सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । उनले आमसभालाई सम्बोधन गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको छ ।

अध्यक्ष ओली हवाईजहाजबाट धनगढी अवतरण गर्ने र हेलिकप्टरमार्फत बर्दगोरियाको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। सो कार्यक्रमपश्चात दिउँसो कञ्चनपुरको बेलौरीस्थित खुलामञ्च आयोजना हुने आमसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी अध्यक्ष ओलीले धनगढीको आमसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।


Published :२२ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media