जगन्नाथहरूले धैर्य गर्न सक्नु भएनः रामचन्द्र पौडेल

राष्ट्रपाटी न्युज

२२ बैशाख २०७९

चितवन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूहरुको प्रतिस्पर्धी एमाले र केपी ओली प्रवृत्ति रहेको बताएका छन् ।

चितवनमा बिहीबार आयोजित गठबन्धनको आमसभालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र र सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको प्रतिस्पर्धी नरहेको बताए । कांग्रेसको प्रतिस्पर्धी र प्रतिद्वन्द्वी एमाले र ओली प्रवृत्ति रहेको भन्दै उनले गठबन्धन गरेको बताए ।

निर्वाचितबाटै लोकतन्त्र खतरामा पर्ने भन्नेको पुष्टि ओलीले गरेको भन्दै उनले कांग्रेस चितवनका नेता कार्यकर्तालाई गठबन्धनको उम्मेदवारलाई मत दिन आह्वान गरे ।

चितवनका कांग्रेस नेताहरुको असन्तुष्टि मेटाउने प्रयास आफूले गरेको भए पनि यसप्रति नेताहरुले बेवास्ता गरेको समेत पौडेलले बताए ।

जगन्नाथ जीहरूले धैर्य गर्न सक्नु भएन

नेता पौडेलले चितवनका बागी उम्मेदवार जगन्नाथ पौडेलमा धैर्यता नरहेको बताएका छन् । उनले चितवनमा बागी उम्मेदवारहरूलाई भेट्न जाँदा उनमा धैर्यता नदेखिएको बताए ।

‘मैले जगन्नाथ जीलाई भेटेँ । भेटेर जुन कुरा राख्न खाेजेको थिए । उहाँहरूमा सुन्न सक्ने धैर्यता रहेनछ । धैर्यता गुमाएपछि उहाँ छोटो कुरा गरेर जानुभयो ।’ पौडेलले भने ।


Published :२२ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media