स्थापितलाई निर्वाचन आयोगले फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण

राष्ट्रपाटी न्युज

२२ बैशाख २०७९

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले फेरि २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

स्थापितले काठमाडौं महानगरमा मेयरका उम्मेदवार रहेका बालेन शाहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

एमाले उम्मेदवार स्थापितले प्रतिस्पर्धी साहलाई अन्तर्राष्ट्रिय ठग भन्दै टिप्पणी गरेका थिए। यसअघि काठमाडौंको एक कलेजमा आयोजित कार्यक्रममा स्थापितले दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको थियो ।


Published :२२ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media