गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन तरुण दलको परिचालन समिति

राष्ट्रपाटी न्युज

२३ बैशाख २०७९

काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन तरुण दल नेपालले सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भन्दै प्रदेशमा ‘तरुण परिचालन समिति गठन गरेको छ ।

कांग्रेस उपसभापति एवं कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार तरुण दलले प्रदेशहरुमा ‘स्थानीय तह निर्वाचन प्रदेशस्तरीय तरुण परिचालन समिति’ गठन गरेको हो ।

तरुणका अध्यक्ष विद्वान गुरुङका अनुसार ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन समिति परिचालन हुनेछ ।

तरुणले प्रदेश १ मा प्रभाकर थापा ‘संजय’, मधेसमा लोकेस सिंह, बागमतीमा कृष्णजी खड्का, गण्डकीमा मनोज गुरुङ, लुम्बिनीमा शक्तिसिंह ठकुरी र सुदूरपश्चिममा विष्णु ऐडीको संयोजकत्वमा समिति गठन गरिएको हो ।


Published :२३ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media