ओलीको चुनावी दौडधुप: आज गृह प्रदेशका चार कार्यक्रमलाई सम्बोधन गर्ने

राष्ट्रपाटी न्युज

२४ बैशाख २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकै दिन प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए ।

यसअघि प्रदेश १ कै झापाका विभिन्न स्थानमा भएका चुनावी सभालाई ओलीले सम्बोधन गरिसकेका छन् ।

आइतबार भने उनी राजनीतिक रूपमा चर्चित रहेको चितवनको भरतपुर महानगरपालिकामा आयोजना हुने चुनावी सभामा ओली सहभागी हुने कार्यतालिका छ ।
त्यसपछि भने उनी रुपन्देहीको बुटवल जानेछन् ।

निर्वाचनमा प्रचार गर्ने केही दिनमात्र बाँकी रहेको बेला अध्यक्ष ओली चुनावी दौडधुप बढेको छ ।

उनले स्थानीय तहमा फेरि पहिलो दल हुने दाबी गर्दै आएका छन् । विकास र समृद्धिका लागि भन्दै चुनावी सभालाई सम्बोधनका क्रममा जनतासँग मत माग्ने गरेका छन् ।


Published :२४ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media