निर्वाचन तयारीबारे जानकारी दिँदै ओली

राष्ट्रपाटी न्युज

२५ बैशाख २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान साढे १० बजे पत्रकार सम्मेलन गर्दैछन् । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय रहेको तुलसीलाल अमात्य स्मृति भवनमा पत्रकार सम्मेलन गरेर निर्वाचनको तयारीलगायत विषयमा ओलीले जानकारी दिन लागेका हुन् ।

उनी नेतृत्वको एमालेले निर्वाचन केन्द्रित चुनावी सभा देशका अधिकांश ठाउँमा गरिसकेको छ । सर्वाधिक उम्मेदवार एमालेले नै स्थानीय तह निर्वाचनमा खडा पनि गरेको छ । उम्मेदवारलाई मत दिएर विजयी गराइदिन उनले मतदाताहरूलाई आह्‍वान गर्दै आएका छन्।

२०७४ सालमा भएको निर्वाचनमा एमाले पहिलो दल बनेको थियो । यस पटक भने चुनौती थपिएको छ । कारण, एमालेविरुद्ध कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन छ ।

गठबन्धनमा दोस्रो, तेस्रो, चौथो र पाँचौं दल छन् । ओलीले पाँच दल मिलेर बनेको गठबन्धनलाई ‘मिलेर खान बनेको गठबन्धन’को संज्ञा दिने गरेका छन् । तर, पनि एमाले पहिलो दल बन्ने उनको दाबी रहँदै आएको छ ।


Published :२५ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media