आरजुको आचारसंहिता विपरीतको अभिव्यक्तिमाथि आयोगको छानबिन

राष्ट्रपाटी न्युज

२५ बैशाख २०७९

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाले निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको उल्लंघन गरेकी छिन । उनले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै अभिव्यक्ति दिएकी छिन् । यसबारे निर्वाचन आयोगले छानबिन थालेको छ ।

आयोगले यसबारे अध्ययनका लागि एक उपसचिवलाई जिम्मेवारी तोकेको छ । सम्भवतः आज नै उनीमाथि स्पष्टीकरण सोध्नेछ । ‘हाम्रो आन्तरिक अध्ययन र उजुरीसमेतका आधारमा उहाँका दुई विवादास्पद अभिव्यक्ति नोटिसमा आएको छ । दुवै अभिव्यक्ति आचारसंहिताको उल्लंघन देखिन्छन्’ आयोग स्रोतले भन्यो, ‘आजै प्राप्त हुने प्रतिवेदनलाई आयोगको बैठकमा पेस हुने र सोधपुछ गरिनेछ ।’

कांग्रेसनेतृ राणाले सुदूरपश्चिम प्रदेशका स्थानीय तह भ्रमणका क्रममा विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनले डडेल्धुरामा कुनै स्वतन्त्र उम्मेदवारको नाम लिई त्यसमा मत नदिन आग्रह गरेकी थिइन् भने कांग्रेसका उम्मेदवार निर्वाचित नहुने स्थानीय तहमा बजेट कटौती हुने भन्दै विचार गर्न आग्रह गरेकी थिइन् ।

त्यसपछि उनले कैलालीमा निर्वाचन प्रचारप्रसारका क्रममा आफूहरुलाई सहयोग गर्ने युवाहरुमध्ये केहीलाई छानेर ‘फ्री भिसा, फ्री टिकट’मा मलेसिया रोजगारमा पठाउने आश्वासन बाँडेकी थिइन् ।


Published :२५ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media