विकासका लागि पठाइने बजेट कसैले रोक्न सक्दैनः अध्यक्ष ओली

राष्ट्रपाटी न्युज

२६ बैशाख २०७९

पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकासका लागि पठाइने बजेट कसैले रोक्न नसक्ने बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई मंगलबार सम्बोधन गर्दै ओलीले बजेट पठाउँदिन भन्नलाई कसैको पेवा नभएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले कांग्रेसले नजित्ने क्षेत्रमा बजेट नपठाउने बताएकी थिइन् । त्यसको प्रतिवाद गर्दै ओलीले भने, ‘विकासका लागि बजेट पठाउँदिन भन्ने तिनको माइतीको पेवा हो ? हामीले नजितेका क्षेत्रमा बजेट दिदैंनौँ भन्न पाइन्छ ?’

केही दिनअघि डडेल्धुरामा आयोजित चुनावीसभामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीपत्नी आरजुले कांग्रेस नजित्ने क्षेत्रमा बजेट दिन नसकिने बताएकी थिइन् । ओलीले विकास बजेट कसैले पनि रोक्न नसक्ने बताएका हुन् ।


Published :२६ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media