गण्डकीका मुख्यमन्त्रीलाई निर्वाचन आयोगको तीनदिने स्पष्टीकरण

राष्ट्रपाटी न्युज

२६ बैशाख २०७९

काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई तीनदिने स्पष्टीकरण सोधेको छ ।

सोमबार निर्वाचन आयोगले पोखरेलका बारेमा सञ्चार माध्यममा प्रकाशन भएका समाचार ‘सरकारी गाडी चढेर कांग्रेसको कार्यक्रममा गण्डकीका मुख्मन्त्री र मन्त्री’ भन्ने समाचारप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता अनुसार प्रदेश सरकार मुख्यमनत्री वा मन्त्रीले आफैं उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था रहेको जानकारी गराउँदै आयोगले उनलाई तीन दिनभित्र आयोगमा प्राप्त हुने गरी स्पष्ट जवाफ पेस गर्न आयोगले निर्देशन दिएको हो ।


Published :२६ बैशाख २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media